अपडेट

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं /  रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। रामेछापबाट काठमाडौं आउँदै गरेको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

घटनास्थलमा अहिलेसम्म ९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  त्यस्तै बस दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन। प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ। बस रामेछापबाट काठमाडौं आउँदै गरेको थियो।

तपाईको प्रतिक्रिया