ए-टुजेट पढ्ने बिद्यार्थीलाई कराँते खेल नि:शुल्क

प्रकाश बराल/कालिकोट जिल्लामा लामो समय देखि शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रमा काम गर्दै आएको ए-टुजेट एकेडेमी ट्रेनिङ सेन्टरले ५ औँ बर्ष पूरा भएर ६ओैं बर्षमा प्रवेश गरेको छ ।मंगलबार बिहान चियापान कार्यक्रम गरि ए-टुजेट एकेडेमी ट्रेनिङ सेन्टरकाे जन्मउत्सव मनाईएकाे छ । कार्यक्रम काे शभाध्यक्षता ए-टुजेट एकेडेमी ट्रेनिङ सेन्टरका ब्यवस्थापक लक्ष्मण कुमार शाही , प्रमुख अतिथि पत्रकार महासंघ शाखा कालिकोट का अध्यक्ष भरतराज बिष्ट र विशेष अतिथि अनेरास्ववियु केन्द्रीय सदस्य हिक्मतजंग मल्ल,नेपाल गाेजु-रियाे कराँते दाे-संघ शाखा कालिकोट का अध्यक्ष सिहान प्रेमसिंह तिरुवाले गर्नुभएको छ।
उक्त कार्यक्रमा नेपाल गाेजु-रियाे कराँते दाे-संघ शाखा कालिकोट का अध्यक्ष सिहान प्रेमसिंह तिरुवाले जति पनि ए-टुजेट एकेडेमी ट्रेनिङ सेन्टरमा अध्यन गर्ने बिद्यार्थी छन ती सबैलाई आफ्नो आत्म रक्षाका लागि कराँते खेल नि:शुल्क साकाउने प्रतिबद्धता जनाउनु भएकाे छ । २०७९ असार २० गते बिहानबाट खेल सुरु हुने कुरा ए-टुजेट एकेडेमी एण्ड ट्रेनिङ सेन्टरका संरक्षक प्रकाश बराल आँसुले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया