पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पुराना र नयाँ किताब किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।
एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिनुभयो । । देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवश रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेलले किताब संकलन अभियान थालेका छन् ।
५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताब र कापी संकलन गरेर पठाउन लागिएको हो । विशेषगरी कालिकोट जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न लागिएको भुजेलले बताउनुभयो । । हालसम्म संकलित पुस्तक लिएर केही विद्यार्थी कालिकोटतर्फ गएका छन् ।
‘किताब नपाएर पढ्न नसकेको समाचार हामीले सुन्यौं,’ उनले भने, ‘हामीले आफ्नो कर्तब्य पूरा गरेका हौं ।’ किताब र कापीसँगै कपडा र नगद रकम समेत सहयोग जुटेको उहाँले बताउनुभयो । संकलित सामग्री ढुवानीका लागि मात्रै १ लाख रुपैयाँ लाग्ने अर्का अभियानकर्ता कृष्ण पौडेलले बताउनुभयो ।
बालिका आचार्य । ८ असार २०७९, बुधबार १०:४९