कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु

कालिकोट / कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । पुन्नकलीको पाठेघरमारगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको उपचारमा संलग्न जिल्ला अस्पताल प्रमुख डा. रत्नविर सुनारले बताउनुभयो ।

पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएको तर बचाउन सकिएन डीएसपी सिद्धराज न्यौपानेले बताउनुभयो । यसअघि पनि पुन्नकलीबाट जन्मिएका तीन बच्चा उल्टो अवस्थामा पेटमै मरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया