अपडेट

अर्थमन्त्री शर्माको राजीनामाको माग

काठमाडौँ – बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामाका लागि चौतर्फी आवाज उठ्न थालेपछि अर्थमन्त्रालय उनको बचाउमा उत्रिएको छ।

बजेट घोषणा हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वका दर हेरफेर गरेको खबर सार्वजनिक भएपछि अर्थमन्त्रीको आलोचना भइरहेको छ । यस विषयमा सदनमासमेत कुरा उठेको छ ।

प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका छन् । अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले भने अर्थमन्त्रीमाथि लागेको आरोपको खण्डन गर्दै बजेट निर्माणको बेला विज्ञ भन्दै बाहिरको व्यक्ति मन्त्रालयमा प्रवेश गरेको विषयमा सत्यता नभएको दाबी गरेका छन् ।

प्रवक्ता बरालले विज्ञप्ति निकालेर अर्थमन्त्रीविरुद्ध भ्रम पैदा गरेको दाबी गर्नुभएको छ । बजेट निर्माणमा अर्थमन्त्रीसहित मन्त्रालयको टिम लागेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया