अनेरास्ववियु कालिकोटले पाठ्यपुस्तक उपलब्ध गराउन माग गद ध्यानाकर्षण पत्र पेश

कालिकोट । शैक्षिकशत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेपछि अनेरास्ववियुले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कालीकोटमा अनेरास्ववियुले कालीकोटले तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण पत्र पेश गरेको छ । विद्यार्थीले बारम्बार पाठ्यपुस्तकको विषयमा सोधखोज गर्दा पनि सरोकारवाला निकाय गैरजिम्मेवार र मुकदर्शक भएर बसेकोप्रति आपत्ति जनाउँदै शिक्षा विकास तथा समन्वय इकाई कालीकोटलाई ध्यानाकर्षण पत्र बुझाएको हो । अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटी सदस्य हिक्मतजंग मल्ल र अनेरास्ववियु कालीकोट जिल्ला कमिटी सहसचिव किशोर आचार्यद्वारा हस्ताक्षरित पत्र बुझाइएको हो । ‘विद्यार्थी संगठन, विद्यार्थी आन्दोलन र शैक्षिक अधिकारका लागि सडकदेखि सदनसम्म विद्यार्थी हकहितका लागि लड्दै आइरहेको कुरा सर्वविदितै छ, शिक्षा देश विकासको मुल मेरुदण्डका साथै हरेक नागरिकको आधारभूत आवश्यकता पनि हो, विश्वमा भएका तमाम परिवर्तन शिक्षाको उपज पनि हो, संविधानमा देश साम्राज्यवाद उन्मुख लेखिएता पनि कालीकोट जिल्लाका नोवटै स्थानीय तहहरुमा शैक्षिक स्तर दिनानुदिन खस्किरहेको अवस्थामा शिक्षाको पहुँचबाट टाढा भएको कुरा विद्यार्थी संगठनले गम्भीर रुपमा लिएका छौँ’, उक्त ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया