कालिकोट जिल्ला समन्वय समितिको प्रमुखमा शाहीको प्यानलनै विजयी

काठमाडौ /कालिकोट जिल्ला समन्वय समितिको पदाधिकारीमा गठबन्धनको प्यानल नै विजयी भएको छ।
प्रमुखमा नेकपा माओवादी केन्द्रका धनजित शाही (आदर्श ) र उप-प्रमुखमा नेकपा माओवादी केन्द्रकि मिना रावत(विश्वकर्मा ) निर्वाचित भएकी छन् ।
अन्य सदस्यहरु नेकपा माओवादी केन्द्रका अजय बहादुर बम,वीर बहादुर रावत,अप्सरा कुमाल,सुर्जा कुमारी रोकाया(फडेरा)छन् भने, नेपाली काँग्रेसका धन बहादुर शाही,काली बहादुर नेपाली त्यस्तै नेकपा एकीकृत समाजवादीका धनसरा विष्ट निर्वाचित भएकि छन् ।
समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार धनजित शाही (आदर्श) ले १५ मत ल्याएर विजयी भएका छन् भने शाही का प्रतिद्वन्द्वी नेकपा एमालेका तुलाराज शाहीले भने २ मत ल्याएका छन् ।
गठबन्धनको संयुक्त विजयी र्‍याली समेत निकालेका छन् ।
नौ वटा स्थानीय तह रहेको कालिकोट जिल्लामा नेकपा माओवादी केन्द्रले खाँडाचक्र नगरपालिका उप-मेयर,स्कोट नगरपालिका मेयर,पचालझरना गाउँपालिका अध्यक्ष र उपाध्यक्ष,पलाँता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष,शान्नित्रिवेणि गाउँपालिका अध्यक्ष,महावै गाउँपालिका अध्यक्ष,शुभकालिका गाउँपालिका अध्यक्ष र नरहिनाथ गाउँपालिकामा उपाध्यक्ष जितेको छ।त्यस्तै नेपाली काँग्रेसले तिलागुफा नगरपालिका मेयर,नरहरिनाथ गाउँपालिका अध्यक्ष र शुभकालिका गाउँपालिका उपाध्यक्ष जितेको छ,नेकपा एमालेले तिलागुफा नगरपालिका उप-मेयर,शान्नित्रिवेणि गाउँपालिका उपाध्यक्ष र महावै गाउँपालिका उपाध्यक्ष जितेको छ त्यस्तै नेकपा एकीकृत समाजवादीले रास्कोट नगरपालिका उप-मेयर जितेको हो । खाँडाचक्र नगरपालिका मेयर मा भने स्वतन्त्रबाट कमल शाहीले जितेका हुन्।शाहीले पनि जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनको प्यानल लाई नै भोट दिएका छन्। नेकपा एमाले बाट तिलागुफा नगरपालिकाका उप-मेयर निर्वाचित महेन्द्र बहादुर शाही लाई पितृ शोक परेकाले उपस्थिति हुन् सक्नु भएन्।

तपाईको प्रतिक्रिया