काठमाडौँ/नेकपा एकीकृत समाजवादीले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ।अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई नै विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष बनाएको छ।
यो कमिटीका लागि ३३ जना सदस्य प्रस्ताव गरिएको छ। यो कमिटीको बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा सपथ गराउने कार्यक्रम छ।
विद्यार्थी विशेष जिल्ला कमिटी सदस्यहरूमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री विसी, अनु आँकुरा, प्रदिप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, प्रविण विष्ट, ओम अधिकारी, किरण पौडेल, न्यूसन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, मुकेश कुँवरलगायत छन्।
यस्तै प्रकाश श्रेष्ठ, आशिष थपलिया, गौरव थापा, सुदिप घिमिरे, अविचल पाण्डे, शोभा बम ठकुरी, टुपेन्द्र प्रसाई, तर्क शाही, मनोज शाही, प्रदिप खनाल, सरु रिजाल, नरेश न्यौपाने र सुमन पौडेल पनि सदस्य छन्।
नेकपा (एस) विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २४ जेष्ठ २०७९, मंगलवार ०९:१७