अमेरिकामा मृत्यु भएका शंकर परियारको शव नेपाल ल्याउन सहयोगको लागि आह्वान

काठमाण्डौं/अमेरिकाको क्यालिफोर्नियामा मृत्यु भएका धादिङका शंकर परियारको शव नेपाल ल्याउनको लागि सहयोग गर्न एनआरएन, अमेरिका क्यालिफोर्निया च्याप्टरले नेपलिज अमेरिकन परियार एसोशियसनको सहकार्यमा आह्वान गरेको छ । 
डिभि भरेर अमेरिका पुगेको परियार यही मे ३१,२०२२ मंगलवारको दिन आफू बसेकै घरको किचनमा झुन्डिएर मृत अवस्थामा भेटिएका हुन । शंकरको परिवारको आर्थिक अवस्था कम्जोर भएपछि उनको शव नेपाल ल्याउनको लागि मनकारी नेपालीहरुलाई सक्ने जति आर्थिक सहयोग गरिदिन हुन् अनुरोध गरिएको छ । 
यस्तो छ शंकरको शव नेपाल ल्याउनको लागि परिवारको अनुरोधमा एनआरएन, अमेरिका क्यालिफोर्निया च्याप्टरले सहयोगको लागि गरेको आह्वान शंकर परियार वाग्मती प्रदेश, धादिंग जिल्ला, निलकन्ठ नगरपालिका-८,ससाह स्थायी घर भै हाल सान्तारोजा,क्यालिफोर्निया वस्दै आउनु भएको थियो । ३३ वर्षिय शंकर परियार पिता वेद व. परियार र माता पुंगकुरी परियारको माहिला छोरा थिए । २ दिदी र दुई दाजुभाइका प्रिय शंकर, घरको गरिवीका कारण काठमान्डौमा सिलाइ काम गर्दै आफ्नो उच्च शिक्षालाई अगाडी वढाउदै थिए । स्नातक दोस्रो वर्ष पढ्दै गरेका शंकरले डिभी भर्दै आएका थिए । ४ पटक सम्म डिभी नपर्दा पनि कति पनि विचलित नभएका शंकरलाई पाचौं पटकमा भने सन् २०२० मा डिभी लोटरीको माध्यमवाट २०२१ अक्टोवर ७ मा अमेरिका आएका थिए । घर,परिवार,साथीहरु,छरछिमेक वीच मेहनती,इमान्दार र सहयोगी भावना भएको व्यक्तीको पहिचान वोकेका शंकर नयां जोस, हौसला र परिवारको गरिवी हटाउने लक्ष्यका साथ अमेरिका आएका शंकर परियारको ८ महिना पनि पुरा नहुदै अल्पायु मै मृत्यु भइ संपूर्ण सपना अपुरो भएको छ । यही मे ३१,२०२२ मंगलवारको दिन आफू वसेकै घरको किचनमा झुन्डिएर मृत अवस्थामा भेटिएका छन । शंकर परियार अमेरिका आउने परिवारकै पहिलो सन्तान हुनुहुन्थ्यो । दुई वर्ष अघिमात्र छोरीको असमाहिक मृत्यु वेहोरेको वुवाआमा र परिवारले फेरी आसलाग्दो दोस्रो सन्तानको सोकमा सोकाकुल छ। एक आसलाग्दा नेपाली युवाको यस असामयिक निधनमा अमेरिकामा वस्दै आउनु भएका हामी सवै नेपाली मृत शंकर परियारको अन्तेस्टीमा फेरि एक पटक जुटनु परेको छ । गरिव, दलित परिवार भएकै कारण परिवारले नेपाल लगि अन्तेस्टी गर्न सक्ने अवस्था नभएको कारण परिवारको अनुरोधमा एनआरएन, अमेरिका क्यालिफोर्निया च्याप्टरले नेपलिज अमेरिकन परियार एसोशियसन (NAPA) को सहकार्यमा यस  Fundraising अभियानसुरु गरेको छ। यसमा सरिक भै सहयोग गरिदिनु हुन मनकारी सवैमा हार्दिक अनुरोध गर्दछौ ।

तपाईको प्रतिक्रिया