विश्व वातावरण दिवसका दिन वृक्षरोपण

सुर्खेत / कर्णाली प्रदेशमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको छ ।
आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली प्रदेश सरकार ,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय,प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय सुर्खेत विरेन्द्रनगर को सयुंक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।
वृक्षरोपण कार्यक्रममा कर्णाली प्रदेका मुख्य मन्त्री माननीय जीवन बहादुर शाही,भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्र बहादुर शाही,सामाजिक विकास मन्त्री माननीय यज्ञ बहादुर बुढाक्षेत्री,उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननिय छिरिङ डम्डुल लामा (कार्चन) विरेन्द्रनगर नगरपालिका मेयर महनमाया ढकाल लगाएत पत्रकारहरुको सहभागिता रहेको कृषि मन्त्रीका स्वकीय सचिव जया बहादुर मल्लले दियो खबर लाई बताए ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइएको छ ।
यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन :पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ ।

तपाईको प्रतिक्रिया