जापान / कालिकोट जिल्लामा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय,डिभिजन वन कार्यालय कालिकोट र पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा)र हुरेन्डेक नेपालको सयुंक्त आयोजनामा खाँडाचक्र नगरपालिका-१को कोटदरबार क्षेत्रमा वृक्षरोपण गरिएको हो ।
वृक्षरोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको सभाअध्यक्षता र महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन)को प्रमुख आतिथ्यता,हुरेन्डेक नेपाल का अध्यक्ष जजराज शाही,डिभिजन वन कार्यालयका रेन्जर प्रकाश प्रसाद देवकोटा,आशा आयोजनाका कर्मचारी,पत्रकारहरुको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइएको छ ।
यस वर्ष ‘केवल एक पृथ्वी’भन्ने अन्तर्राष्ट्रिय नारा र‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन :पृथ्वीको संरक्षण’भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ ।
विश्व वातावरण दिवसका दिन वृक्षरोपण
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २२ जेष्ठ २०७९, आईतवार १२:३३