जापान/सुर्खेत जिल्ला (कर्णाली नवजागरण पैरवी समाज नेपाल ) नामकाे एउटा संस्था स्थापना भएको छ।
उक्त संस्थाले विभिन्नखालका समाजमा आईपर्ने समस्या हरु संग पैरवी गरिरहेका छन् यस्तै समाजमा समस्या हरु खाेज्दै जाँदा यहि संस्था मार्फत ३ जना बालबालिका हरु जुन आर्थिक तवरले पछि परेका गरिब तथा जेहेन्दार बालबालिकालाई काठमाडौ स्थित अध्ययन गर्नका लागि पनि पठाईएकाे कुरा संस्थाकि सह-सचिव पुजा दाहालले बताइन् । आज भने कर्णाली नवजागरण पैरवी समाज नेपाल द्धारा कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर नगरपालिका-६ खजुरा सुर्खेत मा रहेकाे बिगत ६ बर्ष पहिले देखि बादि समुदायकाे समुन्नत उन्नतिका लागि काम गर्दै आएकाे (बादि सराेकार मञ्च नेपाल )मा रहेका ९६ जना बालबालिका लाई खाद्यान्न,फलफूल र शैक्षिक गुणस्तरका लागि शैक्षिक सामाग्री सहयोग गर्नुका साथै बादि सराेकार मञ्च नेपालमा मुख्य समस्या ग्याँस रहेकाे थियाे र अब का दिनदेखि कर्णाली नवजागरण पैरवी समाज नेपाल ले प्रत्येक महिना २ वटा सिलिन्डर ग्याँसका भर्दिने सम्झाैता संगै यस बर्ष +2 कानुन अध्ययन का लागि २ जना बालबालिका काे जिम्मा पनि कर्णाली नवजागरण पैरवी समाज नेपालले लिने सम्झौता गरेकाे यस संस्था का अध्यक्ष प्रकाश बरालले बताए । हाल यस संस्था मा कर्णाली प्रदेशका १० जिल्लाबाट नै समेटिएर पदाधिकारी हरु राखिएकाे संस्था कि सदस्य एलिना पाेडेलले बताइन्।
कर्णाली नवजागरण पैरवी समाज नेपाल द्धारा खाद्यान्न,शैक्षिक सामाग्री र फलफूल बितरण
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २० जेष्ठ २०७९, शुक्रबार ११:२३