जापान/नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल भोलि सुर्खेत जाने भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा पार्टी बाट निर्वाचित भएका कर्णाली प्रदेका स्थानिय तहका जनप्रतिनिधि लाई बधाई तथा शुभकामना दिन नेपाल सुर्खेत जान लागेका हुन् ।
कार्यक्रममा अध्यक्ष नेपालले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा जेष्ठ नागरिकलाई सम्मान गर्ने छन्,भने प्रदेश कमिटीको बैठकलाई प्रशिक्षण समेत दिने कार्यक्रम रहेको कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर बहादुर थापाले बताए । कार्यक्रम विहिवार विहान ९ बजे सुर्खेत स्थित शुभ होटलमा हुनेछ ।
अध्यक्ष नेपाल भोलि सुर्खेत जादै
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १८ जेष्ठ २०७९, बुधबार २१:०३