पलाँता गाउँपालिका-७ को प्राथमिकतामा सडक

कालिकोट /जिल्लाको पलाँता गाउँपालिका-७ ले सडक लाई पहिलो प्राथमिकता राख्ने भएको छ ।
वडाध्यक्ष कल बहादुर बम (उमेश)का अनुसार वडाले गरेको पहिलो बैठकमा केही निर्णय गरेको र थप कार्यकालमा अझै बढी काम गर्ने लागेको बताउनु भयो । पुर्व गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमको प्रेणाले अघि बढेको र उहाँको साथमा निरन्तर सेवामा कमि नहुन दिने बताउदै कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाहिको एजेन्डा पूरा गर्न लागेको बताउनु भयो ।
उहाँले भन्नू भयो सहिद घाईते अपाङ्ग दलित महिला लाई सरकारको राजस्व छुट गर्ने र वडाका तीन जना सहिद क्रमश लंक बहादुर बम (शुनिल),भैर बहादुर बम,दन्त कामिको नाममा स्तम्भ तथा पार्क निर्माण गर्ने,७ को सडक लाई पहिलो प्राथमिकता दिने,माडुगडा आबि लाई नि मा वि सन्चालन गरि पठ्न पाठन सुरु गरिने भौगोलिक बिकटताका कारण स्वास्थ चौकिको माग गरि ब्यबस्थापन तर्फ लाग्ने सिचाई हुने क्षेत्रहरुका लागि सिचाई ब्यबस्थापन गरि सिचाई गर्न टोल टोलमा टंकी ब्यबस्थापन गर्ने बताउनु भएको छ ।
त्यस्तै पुराना टंकी संन्चालनमा ल्याउने वडा बिभाजनका लागि गाउँ पालिका सरकार प्रदेश सरकार संग सम्वनय गर्ने वडामा रहेका खोला हरुमा झुलुङ्गे पुलको स्थापना गर्ने कृषि लाई पहिलो प्राथमिकता दिने एकल महिला घाइते असाय अशक्त दलित अपाङ्गहरु लाई सीप मुलक तालिमको माग गरि ब्यबस्थापन गर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया