महिलाको शव भेरी नदीमा भेटियो

जापान/ सल्यानको बनगाड कुपिण्डे नगरपालिका-३ की ४० वर्षीय पार्वती कामीको भेरी नदीमा शव भेटिएको छ ।
भेरी नदीमा वेपत्ता भएकी सोही ठाउँकै अन्दाजी १२ वर्षीय गिता वि.कको खोजी गर्ने क्रममा पार्वती कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गिता मंगलबार दिउँसो ४ बजे नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएकी थिइन् । कारागाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा उनी भेरी नदीमा वेपत्ता भएकी हुन् ।
प्रहरीका अनुसार मृत भेटिएकी पार्वती पूर्व वडा सदस्यसमेत हुन् । श्रीमान वीरबल कामीको ३ वर्ष पहिला मृगौला रोगबाट मृत्यु भएपछि उनको मानसिक सन्तुलन गुमेको स्थानीयबासिको भनाइ छ।

तपाईको प्रतिक्रिया