आइतबार पनि कार्यालय संचालन हुने महावै

जापान/कालिकोट जिल्लाको महाबै गाउँ पालिकाले आईतवार बिदा नदिने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष खेम बहादुर शिंह( भिजन)का अनुसार गाउँपालिकामा शनिबार,सार्वजनिक बिदा परेको बाहेक अन्य दिन महावै गाउँपालिकाले दिने सम्पूर्ण सेवाहरु पूर्ववत रुपमा नियमित सञ्चालन हुने निर्णय भएको उहाँको भनाइ छ।
नेपाल सरकारले भने विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया