स्वतन्त्रत बाट विजयी भएका महेश फर्किए पुरानै घरमा

जापान /कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहन बहादुर केसी (महेश)लाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा माओवादी केन्द्र बाट स्थानीय तहमा विजयी भएका जनप्रतिनिधि लाई सम्मान गरेको हो ।
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल ,सह-इन्चार्ज महेन्द्र बहादुर शाही,पार्टी अध्यक्ष विमला केसी,पार्टी सचिव धनजित शाही (आदर्श )ले शान्नित्रिवेणि गाउँपालिका अध्यक्ष केसीलाई सम्मान गरेको नेकपा माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मी प्रसाद चौलागाईंले(शैलेन्द्र)ले बताए ।
अध्यक्ष केसी स्वतन्त्रबाट चुनाव जितेपछि नेकपा माओवादी केन्द्रमा नै फर्किएको संयोजक चौलागाईंले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले केसीलाई उम्मेदवारी नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर शाहीलाई पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया