Loading... आजः २७ श्रावण २०७९, शुक्रबार

गणतन्त्र दिवसको अवसरमा मान्म बजार सरसफाइ

काठमाडौँ/खाँडाचक्र नगरपालिकाले गणतन्त्र दिवस मनाउने भएको छ । दिवसका अवसरमा ३ दिनसम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
राष्ट्रिय पर्वका रुपमा जेठ १५ गतेको गणतन्त्र दिवस मनाइने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।
नेपाली जनताको दशकौं लामो संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको जनाउँदै उनले गणतन्त्र दिवसलाई भव्य र सानदार बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
नेपालमा गणतन्त्र स्थापनामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले दिवसलाई भव्य बनाउन सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे ।कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले खाँडाचक्र नगरपालिकासँग समन्वय गरी दिवस मनाउने तयारी गरिएको बताए ।
दिवसको पृर्व सन्ध्यामा शनिबार मान्म बजार सरसफाइ गरेका छन् ।
गणतन्त्र दिवसका दिन जिल्ला समन्वय समिति को सभाहलमा बक्तृत्वकला प्रतियोगिता गर्ने भएका छन् ।”संघिय गणतन्त्र नेपाल र यसको महत्त्व”भन्ने बिषय रहेको छ।कालिकोट जिल्लाका गाउँपालिका र नगरपालिकामा रहेका विद्यालय बाट प्रतिस्पर्धा गरि एउटा स्थानीय तहबाट एक जना विद्यार्थीले बक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउने छन् ।
सरसफाइ कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख कमल बहादुर शाही उप-प्रमुख गणेश बहादुर शाही,पृर्व मेयर जसि प्रसाद पाण्डे,प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा,डिएसपी सिद्वराज न्यौपाने,कर्मचारी,विभिन्न सङ्घ संस्थाका प्रमुखलगायतको उपस्थिति रहेको छ ।