काठमाडौं /सुर्खेतको चौकुने गाउँपालिकामा आगामी जेठ १८ गते हुने गाउँ कार्यपालिकाको चुनावका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच चुनावी गठबधन भएको छ । पालिका स्तरमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस बिच चुनावी तालमेल भएता पनि, कार्यपालिकाको निर्वाचनमा भने नेकपा माओवादी केन्द्रले नेकपा एमाले संग चुनावी तालमेल गरेको छ ।
। कार्यपालिकाको चुनावका लागि दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्यहरु गरि छ पदका लागि हुने निर्वाचनमा गठबन्धन दल नेपाली काङ्ग्रेस र माओवादी केन्द्र बिच कस्ले कति सदस्य पदमा उम्मेदवारी दिने भन्ने विषयमा सहमति नभए पछि एमाले संग चुनावी तालमेल गरेको माओवादी केन्द्रले जनाएको छ । चौकुनेमा उपाध्यक्ष सहित चार वटा वडा जितेको नेपाली काङ्ग्रेसले शुरुमा, चार कार्यपालिका सदस्य पदमा उम्मेदवारी दिने अडान राखेको थियो । यो प्रस्ताव माओवादी केन्द्रले अस्वीकार गरि तीन- तीन सदस्य पदमा उम्मेदवारी दिने प्रस्ताव ल्याउदा गठबन्धनको मर्म र भावना सहि हुने अडान कायमै राख्यो । अन्तिम समयमा जिल्ला तहबाट पनि तीन-तीन सदस्य पदमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइ उम्मेदवारी दिने विषयमा तयार रहदा, नेकपा एमालेले भने नेकपा माओवादी केन्द्रलाई चार र आफू दुई सदस्य लिएर गठबन्धन गर्न तयार रहेको खबर पठायो । त्यसपछि नेकपा एमाले चौकुनेका अध्यक्ष हरि प्रसाद अधिकारी र माओवादी केन्द्रका अध्यक्ष गंगाराम बिकले सहमतिको खाका तयार पार्दा गठबन्धन सम्भव भएको बताईएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट खुल्ला सदस्यमा शंकर कामी(नेकपा एमाले) र नेकपा माओवादी केन्द्र बाट उजिरे ढाेलीले उम्मेदवारी दिएका छन । यस्तै महिला सदस्यमा एमालेले कमला बिक लाई उम्मेदवार बनाउदा माओवादी केन्द्रले भने अम्बि बिक, पदमा बिक र हजुरा बिष्टलाई उम्मेदवार बनाएको छ । यसैगरी नेपाली काङ्ग्रेसले भने खुल्ला सदस्यमा दिपक बिक, अम्मरे कामीलाई उम्मेदवार बनाउदा महिला सदस्यमा राधिका बिक, अमृता बोहरा, पंचकली बुढा र उज्जा देवी विकलाई उम्मेदवार बनाएको निर्वाचन अधिकृतको कार्यालय चौकुनेले जनाएको छ । चौकुने गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रका नेता खड्क बिक र उपाध्यक्ष पदमा काङ्ग्रेसका नेता नरबहादुर बन्तोला गठबन्धनबाट निर्वाचित भएका हुन ।
१० वटा वडा रहेको चौकुने गाउँपालिकामा चार वडा नेकपा एमाले, चार वडा नेपाली काङ्ग्रेस र दुई वडा नेकपा माओवादी केन्द्रले जितेको छ । कार्यपालिका सदस्य पदका लागि निर्वाचन,यहि जेठ १८ गते बिहान १० बजे देखि २ बजे सम्म निर्वाचन अधिकृतको कार्यालय झकमेकमा हुने जनाईएको छ।
चौकुनेमा एमाले-माओवादी बीच गठबन्धन,काङ्ग्रेसलाई धोका
तपाईको प्रतिक्रिया
दियो खबर । १४ जेष्ठ २०७९, शनिबार ०८:२२