सुर्खेत/कालिकोट जिल्ला महावै गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आज पद भार ग्रहण गरेका छन् ।
अध्यक्षको पदभार ग्रहण गर्दै खेम बहादुर सिंह (भिजन)ले महावै गाउँपालिकाका नागरिकलाई नि: शुल्क स्वास्थ्य बिमा नि:शुल्क स्वास्थ्य बिमा गरिएको छ ।
नेपाल सरकारले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत महावै गाउँपालिका-१ देखि ७ वडा सम्मका नागरिकहरुको नि:शुल्क बिमा गरिदिएका हुन् ।
पहिलो कुरा स्वास्थ भएकाले गाउँपालिकाको पहिलो निर्णय जनताको लागि गरिएको बताए ।
समृद्ध गाउँपालिका बनाउने उदेश्यले लोकप्रिय निर्णय गरेेको समेत बताए ।गाउँमा सिंहदरबार आयो भन्ने नारामात्र सिमित होइन नागरिक लाई त्यो प्रत्याभूति हुनु पहिलो कुरा भएकाले ५बर्ष सम्म महावै गाउँपालिकाका नागरिकको जीवन शैलीमा केहि परिवर्तन ल्याउने अध्यक्ष सिंहले दियो खबर संग बताए ।
गाउँपालिका भित्रका सहिद,वेपत्ता,घाइते अपांग र युवाहरू लाई रोजगारीको सिर्जना गर्ने समेत बताएका छन् ।
शिक्षा,स्वास्थ्य,सडक,विद्युत्,खानेपानी,कृषि,पर्यटन,समुह सहकारी मार्फत समृद्ध गाउँपालिका बनाउने उदेश्य समेत रहेको बताए ।
अध्यक्ष खेम बहादुर सिंह(भिजन) र उपाध्यक्ष दानसिंह सेजुवालले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् ।
अध्यक्ष सिंहको पहिलो निर्णय महावैका नागरिकलाई नि:शुल्क स्वास्थ्य बिमा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ११ जेष्ठ २०७९, बुधबार १७:०५