सुर्खेत/कालिकोट जिल्लाको रास्कोट नगरपालिका प्रमुख र उप-प्रमुखले आज पद भार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै नगर प्रमुख शाहीले ५ ओटा महत्व पुर्ण निर्णय समेत गर्नु भएको छ ।
नगर प्रमुख शाहीले जनयुद्ध कालिन घाइते अपाङ्ग हरुको परिचय पत्रको आधरमा स्वास्थ्य उपचारको ब्यबस्था मिलाउने,सहिद,बेपत्ता,दन्डपिडित घाइते अपाङ्ग तथा सिमान्तकृत परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागि एउटा छात्रा र छात्र कोठा निर्धारण गरि छात्रबृति प्रदान गरिने बताउनु भयो । आर.सि.पि.बजारमा रहेको अव्यवस्थित खानेपानी तथा सरसफाइ लाई ब्यबस्थित गर्ने निर्णय समेत भएको बताउनु भयो ।नगर सरकारको पहिलो निर्णय अनुसार रास्कोट अस्पताल लाई एम्बुलेन्स हस्तान्तरण गर्ने,निशुल्क बाली तथा पशुपन्छी कार्यक्रम लागू गर्ने लगाएतका निर्णय गरिएका छन् ।
समृद्ध नगरपालिका बनाउने उदेश्य समेत रहेको बताए।
प्रमुख धर्मराज शाही (पोषण )र उप-प्रमुख मनिराज बरालले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् ।
रास्कोट नगरले जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्यायनका लागि छात्रवृत्ति
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १० जेष्ठ २०७९, मंगलवार २२:५८