रुकुम/रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुले आज नगर प्रमुख महेन्द्र केसीबाट सपथ लिएका हुन् ।
तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरु भने सपथ समारोहमा सहभागि भएनन् । माओवादी केन्द्र र नेकपा एसले मुसीकोटको निर्वाचन परिणामलाई अस्विकार गरेका छन् । त्यसैका कारण माओवादी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सपथ समारोहमा सहभागि नभएका हुन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले धाँदलीपूर्ण मतगणना आफ्नो पार्टीलाई स्विकार्य नभएको बताउनुभयो । तर माओवादी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिले कहिले सपथ लिन्छन भन्ने प्रश्नमा भने केही खुलाईएको छैन् ।
यसबारेमा छलफल चलिरहेको संयोजक रोकाले बताउनुभयो । माओवादी र नेकपा एसले शनिबार मुसीकोट खलंगामा विजय तथा विरोध र्याली निकाल्दै मतपरिणाम अस्विकार्य रहेको भन्दै सोमबारका लागि आयोजित सपथ ग्रहण समारोहमा सहभागि नहुने घोषणा गरेका थिए । पूर्व घोषणा अनुसार आजको समारोहमा सहभागि नभएको उहाँको भनाई छ ।
मुसीकोटमा नेकपा माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरेका थिए भने कांग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए । १३ मतको झिनो अन्तरले नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्मालाई पराजित गर्दै नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित हुनुभएको थियो । माओवादीले आफ्ना ४४ वटा मतपत्र गणनामा सहभागि नगराएर धाँधलीपूर्ण रुपमा मत गणना गरिएको आरोप लगाईरहेको छ ।
कांग्रेसबाहेक अन्य दलबाट निर्वाचित जनप्रतिनिधि सपथ समारोहमा सहभागि भएनन्
तपाईको प्रतिक्रिया
दियो खबर । ९ जेष्ठ २०७९, सोमबार २०:०८