खाना पकाउने ग्यासको मूल्य १८सय पुग्यो

सुर्खेत/ नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ ।
आइतबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्‍याएको छ ।
आयोगले आइतवार नै खाना पकाउने ग्यासको मूल्यमा एकैपटक २ सय रुपैया बढाएको छ । निगमले ग्यासमा अझै ८ सय ७९ रुपैया घाटा रहेको दावी गरेको छ ।
नेपाल आयल निगमले आइतवारदेखि इन्धनको मूल्य बृद्धि गरेको छ ।पेट्रोल प्रतिलिटर १० रुपैया बढेर १८० पुगेको छ । 
अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोलको मूल्य १० रुपैया बढाएको हो । यसअघि १७० रुपैया रहेको पेट्रोलको मूल्य १८० पुगेको छ । निगमले पेट्रोलमा अझैपनि १४ रुपैया घाटा रहेको दावी गरेको छ । 

तपाईको प्रतिक्रिया