सुर्खेत/कालिकोट जिल्ला सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिकाले ५बराबरीमा बर्ष पछि राष्ट्रिय झण्डा फेरेको छ।
२०७४को स्थानीय तहको निर्वाचन भए पछि राखिएको राष्ट्रिय झण्डा २०७९को स्थानीय तहको निर्वाचन भए पछि मात्र फेरेको छ। खाँडाचक्र नगरपालिकामा जनप्रतिनिधि पनि नयाँ अनुहारका आएकाले जनतामा केही आश पलाएको स्थानीय बताउछन् ।नगर प्रमुख र उप-प्रमुखले आफ्नो कार्यबाहक समालेका छैन् तर पनि आफ्नो कार्यकक्षमा भने केही परिवर्तन गरेका छन् ।हुने विरुको चिल्लो पात भने झै खाँडाचक्रको विकास क्रममा पनि केही नयाँ पन आउने स्थानीयको अपेक्षा रहेको छ।
खाँडाचक्र नगरपालिकाका प्रथम मेयर जसि प्रसाद पाण्डेको कार्यकालमा अधुरा रहेका योजनाहरु लाई यो सरकारले पुरा गर्ने छ।खाँडाचक्र नगरपालिका-१ देखि ११ वटा वडा सम्म सडकको ट्यार्याक सम्पन्न गरेको छ।बाँकी अधुरा रहेका काम अब मेयर कमल शाहीको कार्यकालमा सम्पन्न हुने अपेक्षा गरेका छन् ।
खाँडाचक्रको ५ वर्षपछि फेरियो राष्ट्रिय झण्डा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ८ जेष्ठ २०७९, आईतवार २०:२६