सुर्खेत /कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका-२स्थित सेरिघाटमा नगरलिकाको एम्बुलेन्स करिब ४ महिना बाट थन्किएको छ। खाँडाचक्र नगरपालिका बिरामी लाई सहज बाताबरण होस् भनी ल्याइएको उक्त एम्बुलेन्स सडकमै थन्क्याएर राखेका छन् ।
करिब ३२ लाख रकम पर्ने एम्बुलेन्स १ प्रतिशत खरिद छुट भ्याटमा भारत बाट खरिद गरेको कर्णाली प्रदेश-०२००१झ ००९८ नम्बरको एम्बुलेन्स ४ महिनादेखि सडकमै थन्किएको छ ।२ बर्ष अघि खाँडाचक्र नगरपालिकाका बिरामी लाई सुविधा दिनको लागि खरिद गरेको एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि कसैको ध्यान जान सकेको छैन् ।
यसको बारे अहिलेसम्म कसैले चासो नदिएको स्थानीय बताउछन् ।
लाखौं मूल्य हालेर खरिद गरेका नगरपालिकाको एम्बुलेन्स,बुलेरो गाडी अहिले विग्रिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले बताए ।
अधिकृत श्रेष्ठले भने म यस नगरपालिकामा आएको १ महिना मात्र भयो म आएको केहि दिनमा नै स्थानीय तहको निर्वाचन भए पछि मैले यसको बारे केहि जानकारी लिन भने नपाएको बताए ।उहाँको अनुसार खाँडाचक्र नगरपालिकाले किनेका सवारीसाधन लाई अब मर्मत गरेर संचालनमा ल्याउने समेत बताएका छन् ।
/>
खाँडाचक्र एम्बुलेन्स बिग्रेर सडक मै छाडिएको
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ८ जेष्ठ २०७९, आईतवार १५:२९