वडाध्यक्षमा पुन दोहोरिए नेकपा माओवादी केन्द्रका-शाही

सुर्खेत/कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका-१०को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र ) का डिल्ल बहादुर शाहीले पुन दोस्रो पटक निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचन पनि अत्यधिक बहुमत ल्याएर विजयी भएका शाही अहिले पनि अत्यधिक बहुमत ल्याएर विजयी भएका छन् ।नेकपा माओवादी केन्द्र बाट एक टिम टिकट नपाएको भन्दै एक टिमले नेकपा एमालेमा प्रवेश गरे पनि कुनै असर नपरेको अध्यक्ष शाहीले बताए ।शाहीले भने म जनताको काममा लाग्ने छु त्यहीँ भएर जनताले पनि फेरि आफुलाई जिम्मेवारी दिएको बताए।
कालिकोट जिल्लामा पुन दोहोरीएका जनप्रतिनिधि विरलै मात्रामा भेटिन्छन् ।

तपाईको प्रतिक्रिया