जापान/नवनिर्वाचित प्रमुख आदणिय दाजु कमल बहादुर शाहि सर्वप्रथम ढोग दर्शन साथै स्वतन्त्रबाट कालिकोट जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिकाका नगर प्रमुखमा बिजय हुनुभयको मा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। तपाइ को बिजय मा तपाइ संग नहुदा अत्यन्त दुखि छु र क्षेमा प्राप्ति छु ।
हजुर लाई मेरो सानु पत्र लेख्नु को कारण यो छ कि हजुर मा केहि किरण, केहि उर्जा , केहि शक्ति देखेको छु , हजुर मा फल अनि फुल दिदै गरेको एउटा हरियो बुट्टा देखेको छु । जुन हिजो हामि ने क पा एमाले भित्र हुदा भन्ने गर्थ्यो सुर्य ले जनता लाइ ताप दिन्छ त्यो सुर्य तपाइ मा देखेको छु । जहा खडेरि पर्छ त्या एकासि आकास बाट बर्षा हुन्छ, त्यो बर्षा तपाइ मा देखेको छु ।
भन्नुको मतलब बत्ति बिजुलि नभयर अधेरि मा बसेका हाम्रा आमा बुबा , पानि नपाएर तिर्खाएका हाम्रा अकल अन्टि , पढ्नको लागि राम्रो स्कुल अनि शिक्षा नपाएका हाम्रा भाइ बैनि , रोजगार नपाएर बेरोजगार भएर बसेका दाजु भाइ, राम्रो उपचार नपाएर छड्पटिदै गरेका हाम्रा बाजे बजै ,गर्भवति हुन नसकेर डोका बोकेर हिनाल्दै गरेकि हाम्रि भाउजु को अबस्था ले सपना मा होस् या बिपनामा, सुत्दा होस् उठ्दा , हिन्दा होस् बस्दा पटक पटक सात समुन्द्र पारि बाट झझल्किने गर्छ र आखा हरु रसाउन्छ । तेसैले यो सपना , तपाइ सग साट्न खोजेको छु। थाहा छ हजुर का पर्तिबधता मा पहिलो नम्बर मा पर्छन होला र यस्लाइ समाधान गर्ने छेमता तपाइमा छ त्यो कुरा हिजो जनता ले भोट गर्दै गर्दा,जनताले तपाइ लाइ सोतन्त्र बाट जिताउदै गर्दा तपाइमा त्यो क्षेमता त्यो शक्तिद मैले देखेको छु जनता ले पनि देखेका छन् र तपाइ को पर्तिक्षा मा तपाइ को बाटो कुरेर बसेका छन् । आशा छ सबै को सपना पुरा गर्नु हुनेछ । हिजो को खाडाचक्र र भोलि को खाडाचक्र मा धेरै फरक पाउने छैा । तपाइ मा लागेको रिऋ बिदेश मा परिश्रम गरेर तिर्ने छैा । तपाइ को अबको जिम्मा बालबालिको भबिस्य युबा को रोजगार र अधेरो घर उज्लो, सुकेको गलो मा पानि हजुर को जिमवारि रहनेछ । हामि दाजु भाइ को सम्बन्ध नाता गोता भन्दा पनि गरिब दुखि जनताहरु को हितका लागि पाइला हरु चाल्छैा त। त्यसैले बिहे गरेको1/2 दिन नपुग्दै बेउलि को बिस्तारा छोडे गाउ गाउ बस्ति बस्ति मा पाइलाहरु लम्कियका थिए, उकालि उरालि ,अधेरि उजेलि , भोग तिर्खा ,त्यो निन्द्रा अनि दुलहि को याद मा हाम्रो यात्रा जारि भइरयो | मलाई आसा छ यो कुरा तपाइले बुज्नु हुनेछ । कालिकोट जिल्लाका जनताको मुहार मा खुसि छाउनुहुनेछ। खाँडाचक्र बासि को सेवक हनुहुनेछ भन्ने आशा राखेको छु धन्यबाद !
तपाइ को प्रिय भाइ दिपक बहादुर शाहि
हाल जापान
जापान फर्केर मेयर दाजु लाई दिपक शाहिले लेखे चिठिक
तपाईको प्रतिक्रिया

दियो खबर । ७ जेष्ठ २०७९, शनिबार ११:१६