कालिकोट जिल्लाका दुई पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी

कालिकोट /६ वटा गाउँपालिका र ३ नगरपालिका रहेको कालिकोट जिल्लामा मतपरिणाम सार्वजनिक हुन २ वटा स्थानिय तह बाकि रहेका छ । जसमा रास्कोट नगरपालिका र पचालभरना गाउँपाकलिकोट रहेको छन् । आज मात्र जिल्लाकाको महाबै गाउँपलिका गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता खेम बहादुर सिंह (भजन)विजयी भएका छन् । उनि २ हजार २ सय ७४ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मातृका सिंहले १ हजार १ सय ३९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेका दानसिंह सेजुवाल विजयी भएका छन् । उनले २ हजार २ सय ७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सृजन शाहीले ८ सय २१ मत ल्याएका छन् । पालिकामा एमाले र माओवादी केन्द्र बिच गठबन्धन भएको थियो । यो गाउँपालिकामा अघिल्लो पटक नेपाली काँग्रेस र नेकपा एमालेले जितेको थियो ।
तपाईको प्रतिक्रिया