अपडेट

चौरजहारीमा माओवादीका पुष्प वादी र इश्वरी शर्मा वि.एम विजयी

रुकुम/रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र इश्वरी शर्मा वि.एमले जित हाँसिल गर्नुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार पुष्प वादीले ६ हजार ८८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रेम बहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गर्नुभयो । यस्तै जनता समाजवादी पार्टीका प्रशाराम खत्रीले १७ र राप्रपाका उम्मेदवारले ८ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा इश्वरीले शर्मा वि.एमले ७ हजार २ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका टंक प्रसाद ओलीले ५ हजार ७४४ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया