रुकुम/रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले विजय हाँसिल गरेका छन । नगर प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका रवि केसि र धनकुमारी शाही निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठबिसकोटले जानकारी दिएको छ ।प्रमुखमा रविले ७ हजार ३७९मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत प्राप्त गर्नुभएको छ ।उप प्रमुख धनकुमारी शाहीले ७ हजार २६५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।१४ वडा रहेको आठ्बिसकोटका ४ वडा कांग्रेस–एमाले गठबन्धनले जित हाँसिल गरेको छ भने बाँकि सबै वडाहरुमा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।
आठबिसकोट नगरपालिकामा माओवादीका रवि र धनकुमारी विजयी
तपाईको प्रतिक्रिया

दियो खबर । ४ जेष्ठ २०७९, बुधबार १६:२३