अपडेट

पुथाउत्तरंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

रुकुम/रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र जितेको छ । अध्यक्षमा पुनिराज घर्ती निर्वाचित भएका छन् । नेपाली कांग्रेसका तेजेन्द्र बुढालाई हराउँदै घर्ती निर्वाचित भएका हुन् । घर्तीले ३ हजार ९ सय १३ मत ल्याउँदा बुढाको पक्षमा २ हजार १ सय १३ मत आएको छ।उपाध्यक्षमा पनि माओवादी केन्द्रकै भुपेन्द्रा बुढा निर्वाचित भइन् । बुढाले ४ हजार ५९ मत ल्याइन् ।
निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी कमला शाही मल्लले २ हजार १० मत प्राप्त गरेकी छिन् । यहाँ माओवादीले ११ वडा जितेको छ भने २ एमालेले १ कांग्रेसले जितेको छ । २०७४ सालमा पनि यस गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष दुवैमा माओवादी केन्द्रले जितेको थियो । २०७४ सालमा माओवादीले यस गाउ“पालिकामा १० वडा जितेको थियो भने कांग्रेस र एमालेले २÷२ वडा जितेको थियो ।

तपाईको प्रतिक्रिया