रुकुम/रुकुम पूर्वको भूमे गाउँपालिकामा एक महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् ।वडा-३ मा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यकी उम्मेदवार बिष्णु रोका निर्विरोध निर्वाचित हुनुभएको हो ।
स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा भूमे गाउँपालिका ३ को महिला सदस्यमा माओवादी केन्द्रबाट विष्णु रोकाको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बिमलप्रसाद बरालले जानकारी दिनुभयो । यो संगै नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा विजयी सुरुवात गरेको छ ।
माओवादीबाट महिला सदस्य उम्मेदवारी दिएकी बिष्णु निर्विरोध
तपाईको प्रतिक्रिया

दियो खबर । १४ बैशाख २०७९, बुधबार ०८:५९