कालिकोट/खाँडाचक्र नगरपालिका वडा-३ताडिमा वडाध्यक्ष सहित प्यानले नै स्वतन्त्र उम्मेदवार दिएका छन् ।
वडाध्यक्षमा जग्ग प्रसाद पाण्डे,सदस्यमा द्वय नरेन्द्र बहादुर शाही र सर्पराज पाण्डे,महिला सदस्यमा कर्णसिला(विक) पाण्डे ,दलित महिला सदस्य सरुनि दमाईले स्वतन्त्र उम्मेदवार दिएका छन् ।
सोमबार दिउँसो ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष सहितको प्यानलको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली काँग्रेस का युवा नेता जग प्रसाद पाण्डेले
उम्मेदवारी दर्ता गर्दै‘हाम्रो ताडि हामी बनाउँछौं’भन्ने अभियानका साथ आफूले वडाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै वडाबासीले जिताउनेमा विश्वस्त रहेको जनाए ।’ताडिले यहाँको विकासका लागि जुुन चाहना राखेका छन् त्यसलाई पूरा गर्ने प्रतिनिधि पात्रका रुपमा म आएको छुु,’पाण्डे ले भने,‘हाम्रो ताडि हामी बनाउँछौँ भन्ने अभियानमा सबै जोडिएर मलाई विजयी गराउनेछन् भन्नेमा विश्वस्त छु ।’
खाँडाचक्र नगरपालिका वडा-३मा स्वतन्त्र उम्मेदवारी दिएका पाण्डे नेपाली काँग्रेस बाट विद्रोह गरेर आएका हुन् ।उनले भने नेपाली काँग्रेस भित्र खुम्लो लागिसकेकोले अब युवा पुस्ताले नेतृत्व लिनुपर्छ भन्दा अझ वृद्धहरु लाई नै टिकट दिए पछि पाण्डेको टिम स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गरेको समेत बताए ।
नेपाली काँग्रेसको वडाध्यक्ष देवनारायण पाण्डे,नेकपा एमाले बाट वडाध्यक्ष दधिराम पाण्डे,नेकपा माओवादी केन्द्र भानुप्रभात पाण्डे र स्वतन्त्र जग पाण्डे चुनावी मैदानमा भिड्नेछन् ।
खाँडाचक्र-३मा वडाध्यक्ष देखि सदस्य सम्म स्वतन्त्र उम्मेदवारी दर्ता
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १३ बैशाख २०७९, मंगलवार ०९:१७