डोल्पाबाट एकिकृत समाजवादीले खाता खोल्यो

कालिकोट/बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयनकै दिन नेकपा(एकिकृत समाजवादी)ले खाता खोलेको छ ।
समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।
समाजवादीका उप महासचिव प्रकाश ज्वालाले दिएको जानकारी अनुसार काइके गाउँपालिका अध्यक्ष अङ्गत राना,छार्का ताम्सोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका हुन् । त्यस्तैगरि , डोल्पो बुद्ध गाउपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तैगरि,एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ६ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका छन् ।

 

तपाईको प्रतिक्रिया