खाँडाचक्र नगर-प्रमुख र उप-प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता बाजागाजासहित र्‍याली


कालिकोट/खाँडाचक्र नगरपालिकामा नगर-प्रमुख,उप-प्रमुख सहित प्यानले नै स्वतन्त्र उम्मेदवार दिएका छन् ।
मेयरमा कमल बहादुर शाही र उप-मेयरमा आशा कुमारी शाही ले स्वतन्त्र उम्मेदवार दिएका छन् ।
सोमबार दिउँसो ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहीले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्दै शाहीले ‘हाम्रो खाँडाचक्र हामी बनाउँछौं’भन्ने अभियानका साथ आफूले मेयर पदमा उम्मेदवारी दिएको बताउँदै नगरबासीले जिताउनेमा विश्वस्त रहेको जनाए ।’खाँडाचक्रले यहाँको विकासका लागि जुुन चाहना राखेका छन् त्यसलाई पूरा गर्ने प्रतिनिधि पात्रका रुपमा म आएको छुु,’शाहीले भने,‘हाम्रो खाँडाचक्र हामी बनाउँछौँ भन्ने अभियानमा सबै जोडिएर मलाई विजयी गराउनेछन् भन्नेमा विश्वस्त छु ।’
उनले चुनावी तालमेल गरेर सत्तारुढ गठबन्धन निर्वाचन लडिरहेपनि नगरबासीले भने गठबन्धनका उम्मेदवारलाई मत नहाल्ने दाबी गरे । ‘गठबन्धन राम्रो कामका लागि भएको भए हामी सबैले स्वागत गर्ने थियौं, तर बाँडीचुडी खाने उद्देश्यले गठबन्धन गरिएको नगरबासीलाई थाहा छ,त्यसैले भोट दिँदैनन्,’उनले भने ।
खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका शाही नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य एवं जिल्ला उपाध्यक्ष समेत हुन् ।
यस्तै शाहीसँगै उनको समूहबाट खाँडाचक्र नगरपालिका उप-प्रमुख आशा कुमारी शाही,वडा-१ देखि ११ सम्मका वडाध्यक्ष,वडा सदस्य ,दलित महिला सदस्य,महिला सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया