उम्मेदवारी दर्ता गराउन जाँदा सिम्खडा र्‍याली सहित

कालिकोट/वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरू भएको छ।
निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरू भएको छ।
उम्मेदवारी दर्ता गराउन अहिले उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालय पुग्न थालेका छन्।
रास्कोट नगरपालिकामा नेकपा एमालेका जिल्ला उपाध्यक्षले नै उम्मेदवारी दिन लागेका दयाराम सिम्खडा र्‍याली निकालेका छन्।
२०७४ को चुनावमा सिम्खडा नेकपा एमाले बाट रास्कोट नगरपालिका वडा-२ को वडा अध्यक्षमा विजयी भएका हुन्।

तपाईको प्रतिक्रिया