रुकुम/नेकपा एकीकृत समाजवादी पार्टी मुसिकोट नगर कमिटी र चौरजहारी नगर कमिटीले स्थानिय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।
शनिबार आ आफ्नो पालिका बसेको उम्मेदवार छनौट समितिले दुई नगरपालिकाका प्रमुख उपप्रमुख र सबै वडा अध्यक्षहरुका उम्मेदवार टुङ्गो लगाएको हो ।
उम्मेदवारहरु मध्य मुसिकोट नगरपालिकाको प्रमुखमा बिमलकुमार पुन र उपप्रमुखमा खिमा बिष्ट ओलिलाई अघि सारिएको नेकपा एकीकृत समाजवादी मुसिकोट नगर कमिटीले बताएको छ ।
यस्तै वडा अध्यक्षहरुमा वडा नम्बर १ मा प्रजित बोहरा,२ मा हर्क थापा,३ मा कृष्ण बहादुर के सि,४ मा वसन्त गिरि,५ मा रमेश भुसाल,६ मा माधव गौतम,७ मा लुद्र पुन,८ मा रत्न बहादुर घर्ती,९ मा सर्वजित खड्का,१० मा नेत्र रोकाय,११ मा सुमिल पुन,१२ मा खिम बहादुर ओलि,१३ मा कर्ण रोकाय र १४ नम्बर वडामा तुलविर बिष्ट अध्यक्षका उम्मेदवार रहेका छन ।
यसैगरी जिल्लाको चौरजहारी नगरपालिकाको प्रमुखमा पुस्तक चन्द र उपप्रमुखमा सुशीला गिरिलाई अघि सारिएको उम्मेदवार छनौट समिति चौरजहारी नगर समितिले जनाएको छ ।
वडा अध्यक्षको उम्मेदवारहरु मध्य १ वडा वीर बहादुर गिरी,३ मा यज्ञ बहादुर बटाला,५ मा उर्मिला के सि,६मा लाल बहादुर बोहरा,७ मा हुकुम बि सी,८ मा मुक्ति बुढा,९ मा शसिराम खत्री,१० मा धनबिर राणा,११ मा टेक बहादुर बि क,१२मा गगन बोहरा र १३ नम्बर वडामा प्रेम के सीलाई तोकिएको छ ।
साथै गठबन्धनको निर्णय कार्यान्वयन गर्नको लागि आवश्यक परेमा जो कोहीको पनि उम्मेद्वारी फिर्ता हुन सक्ने समेत निर्णय भएको पनि दुइटै नगर कमिटीले बताएका छन ।

दियो खबर । १० बैशाख २०७९, शनिबार २१:४३