कालिकोट/आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालिकोटमा बिहीबार एक साथ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।
मान्ममा रहने मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति परिसरमा खुलेको छ। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस लालकाजि श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको शुभारम्भ गरेका छन्।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा,(प्रहरी नायव उपरीक्षक) सिद्वराज न्यौपाने,खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ,नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरत राज विष्ट लगाएत पत्रकारहरुको उपस्थितमा कार्यालय स्थापना गरिएको छ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बिहीबार जिल्लाभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिए।
कालिकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ८ बैशाख २०७९, बिहीबार १२:१७