भूमि आयोग कालिकोटको पहिलो बैठक सम्पन्न

कालिकोट/राष्ट्रिय भूमि आयोग कालिकोटको पहिलो बैठक मंगलबार मान्ममा सम्पन्न भएको छ ।
आयोगका जिल्ला समिति अध्यक्ष चित्रसिंह गाउँलेको अध्यक्षतामा समितिका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा समेतको उपस्थितिमा सम्पन्न बैठकले गत चैत्र २४ गते आयोगको जिल्ला कार्यालय उद्घाटन कार्यमा सरिक कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही,जिल्ला स्थित राजनीतिक दल,जनप्रतिनिधि,कार्यालय प्रमुखहरु, पत्रकार लगाएत सम्पूर्णमा धन्यवाद दिने निर्णय गरेको बताइएको छ ।
आयोगका सदस्य सचिव जिल्ला नापी कार्यालय प्रमुख रामचन्द्र अधिकारीका अनुसार बैठकले जिल्लामा यस अघिको आयोग मार्फत सम्पन्न हुन बाँकी अधुरा कार्यक्रमलाई निरन्तरता दिदै जाने निर्णय समेत गरेको छ । यसअघिको आयोग मार्फत कालिकोटमा ३३ जना अव्यवस्थितहरुले जग्गाको लालपुर्जा प्राप्त गरेको र बाँकी लगत संकलन कार्य हुँदा हुँदै आयोग बिघटन भएको थियो ।

तपाईको प्रतिक्रिया