किशोर आचार्य(कृष्ण)/नेपालले अङ्गालेको निर्वाचन प्रणाली नै भ्रष्टाचारको बिउ हो। सामान्यतया स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष जिल्न १०/१५ लाख खर्च गर्छ ।त्यस्तै गाउँपालिका वा नगरपालिकाको प्रमुख / उपप्रमुख वा मेयर/ उपमेयर बन्न १/२ करोड खर्च गर्छ ।प्रदेश/ संघको माननिय साम्सद बन्न ४/५ करोड खर्च गर्छ । अझै प्रष्ट रूपमा भन्ने हो भने टिकट पाउने कुरामा पनि पार्टि नेतृत्वले इमान,सहघर्ष र बलिदानीलाई तिलान्जली दिएर पैसावाल,ठेकेदार, दलाल, कमिसनखोरी लाई टिकट प्रदान गरी चुनावमा जान्छन् । अब मेरो प्रश्न, के राजनिति पैसावालहरुले मात्र गर्ने हो ? के राजनिति व्यापार हो?के राजनितिक पेसा हो ?
प्रदेश तथा संघको निर्वाचन र राष्ट्रिय सभाको निर्वाचनमा टिकटको मोलमोलाई हुन्छ । समानुपातिक साम्सद बन्नको लागी ४/५ करोड पैसा खर्च गर्छन र साम्सद बन्छन् ।
समानयतया एउटा मेयर ले २ करोड खर्च गरेर चुनाव जितेको छ भने उसको सपना हुन्छ ८-१० करोड कमाउने। मेयरले भ्रष्टाचार गरेको उपमेयरले सहजै चाल पाउछ । यो कुरालाई गोप्य राख्न उपमेयरले २/३ करोड्को हिस्सा प्राप्त गर्छ र उ चूप रहन्छ । त्यसै गरि प्रमुख प्रशासकीय अधिकृतलाई पनि थाहा हुन्छ । उसको पनि केही भाग अंश लाग्छ । त्यस्तै वडा अध्यक्ष लगायत वडा कार्यपालिका,नगर कार्यपालिका का सदस्यहरू भ्रष्टाचारको जालोमा लिप्त हुन्छन् र प्राय सबै जनप्रतिनिधिहरू भ्रष्टचारको web बनाएर बस्छन ।सम्बन्ध राम्रो हुदा सबै वाहवाही गर्छन्,एक अर्काको गुणगान गाएर थाक्दैनन,जब सम्बन्धमा आच आउछ तब एक अर्कालाई गाली गर्दै समय सकिन्छ ।कुनै पनि सार्वजनिक मन्चमा एक नेताले अर्कालाई गाली गरेको वाहेक अरु भाषण सुन्दैनौ । त्यही गालि गरेको कुरामा हामी गडगडाहट ताली बजाउछौ। हाम्रो आदत भैसक्यो गाली सुन्ने र ताली बजाउने।
देशमा गुणस्तरिय शिक्षा,स्वास्थ्य का कुरा कहिल्यै सुनिएन, दृषि प्रदान देशमा कृषिलाई दिगो कृषि,कृषि आधुनिकिकरण, ब्यबसायिकरण गर्ने,उत्पादनलाई बढाएर आयात शुन्य बनाई निर्यात बढाउने योजना कहिल्यै सनिदैन। जल,जङ्गल र जडीबुटीको प्रचुर सम्भावना भएको देशमा यस्ता प्राकृतिक सम्पतिलाई देशको मुहार फेर्ने अवयवको रूपमा लिएको पाइदैन ।
आजभोलि नेता किन बन्ने भन्ने कुरा गर्दै गर्दा,यसको उत्तर धनि बन्न नेता बन्ने भन्ने आउछ । के राजनीति ब्यबसाय हो,यति खर्च गरेर यति मुनाफा गर्छु भन्नलाइ। आफूलाई कम्युनिष्ट नेता भन्नेहरूकै दैनिकभोजनमा मात्र लाखौको बिल आउछ। सर्वहारा बर्गको नेतृत्व गर्नेहरू नै सर्वहारा जनताको पेटमाथि लात हानिरहेका छन् । यो सबै परिदृश्य देख्दा लाजले पनि लाज मानिरहेको छ । अनि हामीले कस्लाइ भोट गर्ने भन्ने कुराको निर्णय गर्न पनि जनतालाइ मुस्किल भएको छ। जसलाई भोट हालेको हो त्यो गर्बका साथ भन्न सकियोस अबका दिनमा।
यसर्थ अबको नेतृत्व भ्रष्टचार शुन्य बनाउने, कम्तीमा शिक्षा र स्वस्थ्य लाई पूर्ण निशुल्क बनाउने,कृषिमा आत्मनिर्भर बनाउने, समाजको सुख दुखको साथि हुन पर्ने,सबै पालिकाको पहुँचमा सहुलियत खानेपानी,विद्युत,सञ्चार,सिचाई,सडक विकासको स्पष्ट खाका भएको हुन पर्ने। गुरुदक्षिणा दिएर योजना बनाउने जनप्रतिनिधि नभई आफ्नो स्वबिबेक प्रयोग गरी कार्यकारी पदको उच्चतम प्रयोग गरि स्थानिय सरकारलाइ समुन्नत बनाउन सक्ने नेता रोज्नुस।भडकिलो विज्ञापन र भ्रष्ट निर्वाचन प्रणाली अन्त्य गर्ने नेतृत्व चुन्नुहोस ।पार्टी पार्टि भनेर अझै एक दसक आफुलाइ पछाडि धकेल्ने/आफ्नो समाजलाइ दसकौ पछाडि धकेल्ने काम नगत्नुहोस। अवको ५ बर्ष पनि सिकाइको वर्ष नहोस उपलब्धीको बर्ष बनोस,अब ५ बर्ष पछि समिक्षा गर्दा देशकै उत्कृष्ट स्थानीय तहको रुपमा हेर्न पाइयोस।
भ्रष्ट निर्वाचन प्रणाली नै भ्रस्टाचारको बिउ हो
तपाईको प्रतिक्रिया
दियो खबर । ५ बैशाख २०७९, सोमबार १४:३४