खाँडाचक्रमा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत

कालिकोट/जिल्लाको सदरमुकाम मान्ममा रहेको खाँडाचक्र नगरपालिकाले पहिलोपटक दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकतृ पाएको छ।
लामो समय देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा चलेको नगरपालिकाले पहिलोपटक दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठलाई खाँडाचक्र नगरपालिकामा स्वागत गरिएको छ।कालिकोट जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी बाट सरुवा भएर आउनुभएका श्रेष्ठलाई नगरपालिका उप-प्रमुख विजया विष्ट,नि.प्रमुख प्रशासकीय अधिकृत जसि प्रसाद चौलागाईं,प्रशासन प्रमुख अविराज शाही,खाँडाचक्र स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले खादा,अविर सहित स्वागत गरेका हुन् । सो अवसरमा बोल्दै उप-प्रमुख विष्टले खाँडाचक्र नगरपालिकाले पहिलोपटक दरबन्दी जुन नगरपालिकाका मा हुनुपर्ने दरबन्दी हो त्यो पाएकोले प्रमुख प्रशासकीय अधिकृतलाई सवै जनप्रतिनिधिले कार्यसम्पादनमा सहज वातावरण बनाउने विश्वास दिलाउनुभयो । उहाँले खाँडाचक्र नगरपालिका भित्रका धार्मिक,पर्यटनको सम्भावना भएको नगरपालिका भएकोले जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र नगरपालिकाको सवैखालको विकास सम्भव हुनेमा जोड दिनुभयो ।
भर्खरै जिम्मेवारी सम्हालेका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफूले आफ्नो अनुभव र क्षमतालाई सरकारको म्याण्डेट अनुसार नगरपालिकाको समग्र विकास,काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले कार्यसम्पादन समुहमा सहज हुने भन्दै कर्मचारी र जनप्रतिनिधिहरूबीच निरन्तर सहयोग अनुभव आदानप्रदान हुनुपर्नेमा बताउनुभयो ।

तपाईको प्रतिक्रिया