गजल-दु:ख पछिको हर्ष-मेरो संर्घष

पखेटा लाग्दैछ सरको,उडान बाँकी नै छ ।
सुख खोजीमा सरको गन्तव्य,जापान बाँकी नै छ ।

हामी जस्ता युवाको ढुकढुकी हो तुलराज सर
छोडेर जाँदा पनि मुहारमा मुस्कान बाँकी नै छ ।

इमान्दारिता,आत्मनिर्भरता उहाँको सम्पति हो
हराएर जाला मनको रोदन तर,इमान बाँकी नै छ ।

आफ्नो देशको माया बोकेर जाँदै गर्दा जापानमा
सुख खोजीमा हिने पनि संर्घषको मैदान बाँकी नै छ ।

सफल हुनुहोला तपाईं,सोचेको सबै पुगोस् तपाईंको
गर्नु त काम छदैछ तपाईंले महान बाँकी नै छ ।

नबिर्सनुहोस् है हामीलाई,हाम्रो माया पनि छ साथमा
सुखको बगरमा दुःखको नदीले काटेको कटान बाँकी नै छ । सुरेश शाही (मनु)गजल

तपाईको प्रतिक्रिया