गजल-बसन्ति न्यौपाने

चोखो माया पिडा को रुप साट्यो जिन्दगी ले
आसु बनायर समुन्द्र को भेल छट्यो जिन्दगी ले ।
टुक्रा पारि सिसा को भेल छुट्टाछुट्टै
नजोड्ने कसम आट्यो जिन्दगी ले ।
तिम्रो जस्तो थियन प्यार को नाम मा पिडा
पीडा स्वरूप सिउदा दिउदै फाट्यो जिन्दगी ले ।
मुना मदन जस्तै कथा लेख्ने मन थियो मेरो पनि
झुटा बाचा किन भनी ढाट्यो जिन्दगी ले ।
के कुर्नु र नपलाउने बिरुवा का खालो हागा
न मैलाउने न फुल्ने काट्यो जिन्दग ले।
बसन्ति न्यौपाने , विरेन्द्र नगरपालिका ,सुर्खेत।

तपाईको प्रतिक्रिया