अपडेट

राष्ट्रिय तेक्वान्दोमा रुकुमकि इलालाई स्वर्ण पदक

रुकुम/ रुकुम पश्चिमको इला खत्रीले १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकि छन । जिल्लाको मुसीकोट नगरपालिका-२ रातामाटा निवासी खत्रीले ७३ केजि माथिको तौल समुहको फाइनलमा बाग्मती प्रदेशकी सुप्रिया गुरुङलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन्। शनिबार फाइनल भएको यस प्रतियोगितामा विभिन्न ८ वटा तौल समुहमा प्रतिस्पर्धा भएकामा कर्णाली प्रदेशबाट स्वर्ण पदक जित्ने खत्री एक मात्र खेलाडी हुन् । यो संगै खत्रीले आगामी एसियन च्याम्पियनसिपमा खेल्न पाउनेछिन् ।
यो प्रतियोगिता च्याम्पियनसिपका लागि आयोजना भएको जिल्ला तेक्वान्दो संघ रुकुम पश्चिमका अध्यक्ष भद्र बहादुर खड्काले जानकारी दिए ।खत्रीले यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छनौटमा द्धितिय स्थान हाँसिल गरेकी थिइन । खत्रीको पहिलो राष्ट्रिय स्वर्ण पदक हो ।

तपाईको प्रतिक्रिया