रुकुम/रुकुम पश्चिममा राजनीतिमा महिलाको अर्थपुर्ण सहभागीता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार जिल्ला सदरमुकाम खलंगामा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल को आयोजना,हरप्लेस नेपाल,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) को सहआयोजन तथा महिला मानव अधिकार रक्षक संजाल र अन्तरपार्टी महिला संजाल सङ्गको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहको निर्वाचन नजिक नजिक आउदै गर्दा महिलालाई कसरी जिम्मेवारी तहमा अथवा प्रमुख पदमा पुर्याउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको छ ।
कार्यक्रममा बोल्ने सबै वक्ताहरुले आ-आफ्नो कुराहरु राख्दै पार्टीमा वा सस्थामा महिलालाई प्रमुख जिम्मेवारीमा ल्याउन संघर्ष गर्ने र सजेसम्म ल्याउने प्रतिबद्धता समेत गरेका छन ।
अन्तरपार्टी महिला संजालका जिल्ला उपाध्यक्ष सीता ओलि को अध्यक्षता र महिला मानव अधिकार रक्षक संजाल रुकुम पश्चिमका अध्यक्ष ब्युँझना पुनको संचालनमा रहेको कार्यक्रममा महिला मानव अधिकार रक्षक संजालका केन्द्रिय सदस्य कल्याणी खड्काको प्रमुख आतिथ्यता र अन्तरपार्टी महिला संजालका कर्णाली प्रदेश सदस्य मनिशा भण्डारीको विषेश आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा जिल्ला तथा स्थानीय तहमा क्रियाशिल सबै राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे,प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बिष्णु प्रसाद सोति,जनप्रतिनिधि,जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि,मानव अधिकारकर्मी,महिला अधिकारकर्मी,पत्रकार, लगायत सम्बन्धित निकायहरु सबैको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला इन्सेक प्रतिनिधि मनिशा केसिले स्वागत मन्तव्य राख्नुभएको थियो ।
राजनितीमा महिलाको अर्थपूर्ण सहभागिता विषयक अन्तरक्रिया
तपाईको प्रतिक्रिया

दियो खबर । २० चैत्र २०७८, आईतवार १७:१०