रुकुम/वार्षिकोत्सवको अवसरमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले रुकुम पश्चिम पनि राष्ट्रव्यापी अभियानको शुभारम्भ कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आज दिउँसो देश भरी नै महिला पुनःस्थापना केन्द्रले “महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार:सामाजिक रुपान्तरणको आधार “भन्ने नाराका साथ राष्ट्रव्यापी अभियान शुभारम्भ गरेको छ ।
समाजमा महिला माथी भैरहेको अन्याय,अत्याचार र हिंसालाई मुक्त गर्दै महिलालाई हरेक तहको नेतृत्वमा ल्याउने उद्देश्यका यो राष्ट्रव्यापी अभियानको शुभारम्भ गरेको ओरेकका जिल्ला संयोजक दिपा धितालले बताउनुभयो ।
ओरेकका जिल्ला संयोजक धितालले कार्यक्रममा उक्त अभियानको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र मार्फत ओरेक नेपालले यो अभियानमा मानव अधिकार एवम् सामाजिक न्यायमा प्रतिबद्ध सबैमा ऎक्यबद्धताका साथ सहभागी हुन अपिल गरेको छ ।
महिला मानव अधिकार रक्षक संजाल रुकुम पश्चिमका अध्यक्ष ब्युँझना पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे,प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विष्णु प्रसाद सोति, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि,मानव अधिकारकर्मी,महिला अधिकारकर्मी, पत्रकार लगायतको आतिथ्यता तथा उपस्थिति रहेको थियो ।
ओरेक नेपालको ३१ औं वार्षिकोत्सव नयाँ अभियानको शुभारम्भ
तपाईको प्रतिक्रिया
दियो खबर । १९ चैत्र २०७८, शनिबार १६:५३