कालिकोटको अनेरास्ववियु भित्र विवाद चुलियो

सुर्खेत/ नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियुभित्र विवाद चुलिएको छ ।जिल्ला अधिवेशन उद्घाटन भए पनि बन्द शस्त्रमा विवाद भए पछि जिल्ला कमिटी घोषणा छुट्टाछुट्टै गरेका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य एवं कालिकोट जिल्ला इन्चार्ज सन्तोष महतारा र सह-इन्चार्ज गोकर्ण प्रसाद सन्जाल,सह-इन्चार्ज परेक बटालाको संयुक्त हस्ताक्षरमा अध्यक्ष धर्म शाहीको नेतृत्व ३१ सदस्यीय कमिटी घोषणा गरेको छ भने अर्को तर्फ निर्वाचन मण्डल अध्यक्ष पूर्व अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य पार्वती सिंह र निर्वाचन मण्डल सदस्य एवं अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य प्रेम बहादुर बुढाको संयुक्त हस्ताक्षरमा अध्यक्ष मिनराज न्यौपानेको नेतृत्वमा ३५ सदस्यीय कमिटी गठन गरेका छन् ।
पार्टीको भातृ संगठन पनि गुटबन्दी सुरु भएको एक विद्यार्थी नेताले बताए।उहाँका अनुसार कालिकोट जिल्लामा प्रष्ट गुट देखिएको बताए ।नेकपा एमालेको जिल्ला अधिवेशनमा प्यानल नबनाउने भने पनि अन्तिममा प्यानल घोषणा गरेको थियो ।
नेकपा एमाले कालिकोट जिल्ला इन्चार्ज नगिन्द्र शाही (नेशनल )र जिल्ला अध्यक्षमा पराजित भएका युवा नेता रमेश कुमार शाहीको तय भएको बुझिन्छ ।

तपाईको प्रतिक्रिया