रुकुम/नेपाल कम्नियुष्ट पार्टी एकीकृत समाजवादी मुसिकोट नगरपालिकाको चौथो विस्तारित बैठक सम्पन्न भएको छ ।शुक्रबार जिल्ला सदरमुकाम खलंगा बालमन्दिरमा बसेको विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको नगर अध्यक्ष दिपकराज खड्काले बताउनुभयो।
नजिकै आएको स्थानिय तहको चुनावलाई मध्यनजर गरेको बैठकले चुनावी एजेन्डा र नगरमा गठबन्धनलाई छलफल गर्दै बैठक समापन भएको छ ।
नगर अध्यक्ष दिपकराज खड्काको अध्यक्षता,खिम बहादुर ओलिको स्वागत मन्तव्य र सचीव रविन्द्र विष्टको सन्चालनमा बसेको बैठकमा केन्द्रिय पोलिटब्युरो सदस्य कर्णाली प्रदेश सहइन्चार्ज सेर बहादुर केसिको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै बैठकमा केन्द्रिय सदस्य देवि ओलि र केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष बिमल कुमार पुन लगायतको उपस्थिति रहेको थियो ।
नेकपा (एस) मुसिकोटको चौथो विस्तारित बैठक सम्पन्न
तपाईको प्रतिक्रिया

दियो खबर । १८ चैत्र २०७८, शुक्रबार १७:११