राष्ट्रिय भूमि आयोग कालिकोटको अध्यक्षमा गाउँले

सुर्खेत/मन्त्रिपरिषद् को बिहीबार सम्पन्न बैठकले राष्ट्रिय भूमि आयोग कालिकोट जिल्ला अध्यक्षमा नेकपा(एकीकृत समाजवादी)कालिकोटका उपाध्यक्ष चित्र बहादुर सिंह(गाउँले)लाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचन आचारसंहिता लागु हुनु पूर्व राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ दफा ८ उपदफा १ खण्ड (क) को प्राबधानमा रही जिल्ला समितिहरु गठन गरेको हो ।
नेपाल पत्रकार महासंघ,प्रगतिशील लेखक संघ,खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ,कर्णाली क्षेत्र पर्यटन प्रबर्द्धन विकास समिति,हिंसा बिरुद्ध सञ्चारकर्मी संगठन लगाएतका थुप्रै संगठनमा नेेतृत्व बहन गर्नुभएका महावै गाउँपालिका-४ निवसी गाउँलेलाई उहाँको पार्टी नेकपा(एकीकृत समाजवादी)ले जिल्ला अध्यक्षमा सिफारिस गरेको थियोे ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शषी श्रेष्ठको रोहबरमा भूमि आयोगका राष्ट्रिय अध्यक्ष केशव निरौलाले बिहीबार ४३ जिल्ला अध्यक्ष लाई सपथ गराउनुभएको थियोे । आयोगमा केही जिल्लाका लागि यसअघिनै अध्यक्ष लगाएत सदस्यहरु नियुक्त गरि सकिएको मन्त्रालयले जनाएको छ ।
राज्यकोषबाट विशिष्ट श्रेणीको सेवा सुबिधा पाउने आयोगमा यसअघि कालिकोट जिल्ला बाट लगातार नेकपा(एमाले)ले नेतृत्व गर्ने अवसर पाएको थियो ।सदस्यहरु नियुक्ति हुन बाँँकी रहेकोमा २/४ दिनमै सदस्य नियुक्ति हुने र आयोगले जिल्ला स्तरमा भूमि हिन र अव्यवस्थितहरुका समस्या पार लगाई छाड्ने अध्यक्ष गाउँलेले जानकारी गराउनुभयो ।
अहिलेको राष्ट्रिय आयोग र जिल्ला आयोगहरु संविधान जोगाउदै वर्तमान व्यवस्था बचाउन भूमिका खेलेका नागरिकहरूको योगदानले सिर्जित आयोग भएको दाबी गर्दै अध्यक्ष गाउँलेले संविधान र आयोगको गठन आदेशका साथै कार्यबिधिमा टेकेर आयोग साझा संस्थाको रुपमा सेवा प्रबाह गर्न कटिबद्ध हुने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया