अपडेट

पलाँता समृद्ध बनाउन कर्मचारीको महत्त्वपूर्ण भुमिका रह्यो अध्यक्ष-बम

सुर्खेत/कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको लोडेज्युला स्थित पलाँता सरकार र कर्मचारीको पाँच बर्से समिक्षा सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममा शाखाको प्रगति विवरण समस्याहरुको विषयमा छलफल गरिए संगै गाउँ पालिका अध्यक्ष बमले पलाँता समृद्ध तपाईले नै बनाएको हो कर्मचारी लाई धन्यवाद दिदै आफुले अन्य पार्टी तथा पार्टिका आन्तरिक सक्तिहरु पुरै बिपक्षमा लागेता पनि सफलता पुर्बक यहाँ सम्म आईपुगेको छौ । कर्मचारी हरु ढुक्क बस्नु होस हामी राजनीति गर्ने हो । अबका दिनमा अस्त ब्यस्तताको बिच बाट भएपनि अगाडि बढछौ । आजको निर्णय लाई कार्यपालिकाको मिटिङ्गमा समाबेश गर्ने गरि यो मिटिङ्ग राखेका हौ । पलाता गाउँ पालिकाले स्थानीय करार कर्मचारी विधि द्वारा राज्य लाई चुनौती सम्म दियो ।
पलाता गाउँ पालिकामा तपाईं करार कर्मचारी माथी औला उठाउन सम्म नसक्ने गरि लागि परेका छौ । करार कर्मचारी एक जना लाई मात्र जागीर बाट निस्कासन गर्न सक्ने सरकार आयो भने पलाता गाउँ पालिका नै बन्द गरिने बताउनुभयो ।
उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छा, उपाध्यक्ष दाना न्यौपाने, ९ का वडा अध्यक्ष टक्क बहादुर बम, २ का अध्यक्ष बिद्वी कामी, ७ का वडा अध्यक्ष बर्ज बहादुर बम निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्मशिं बम लगाएत विभिन्न शाखा प्रमुख र करार कर्मचारी हरुको उपस्थितमा समिक्षा सकिएको हो ।

तपाईको प्रतिक्रिया